थप ५३ जना कोरोना संक्रमित, मृत्यु शून्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सो समयमा कसैको मृत्‍यु भने भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जना संक्रमित थपिएका हुन् ।  त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३२९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा र ४ जना आईसीयूमा छन् । यस्तै १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :१९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media