माओवादी बैठकमा पदाधिकारीको टुंगो लगाउन नसक्ने नेतृत्वप्रति आक्रोश व्यक्त

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइप्रति सहभागीहरुले असन्तुष्टि जनाएका छन् । बैठकमा सहभागी माओवादी नेता नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरे ।

उनले अगाडि भने- ‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन।’ यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन नेतृत्वलाई दबाब दिएका थिए । पुसमा महाधिवेशन गरेको माओवादीले हालसम्म पनि पदाधिकारीको टुंगो नलगाएपछि माओवादीभित्र असन्तुष्टि चुलिएको छ ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media