थप ४० जना नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । सो समयमा कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा र ४ जना आईसीयूमा छन् । यस्तै एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media