निर्वाचन आयोग र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै, मंसिर २ वा ५ गते निर्वाचनको मिति तोकिने   

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे परामर्श गर्न प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएको छ । ।

प्रमुख आयुक्त थपलियासहितको टोलीले आज दिउँसो प्रधानमन्त्री देउवासँग परामर्श गर्न लागेको आयोगले जनाएको छ ।

आयोगले मंसिर २ वा ५ गतेका लागि निर्वाचनको मिति प्रस्ताव गर्न लागेको जनाइएको छ । आयोगको टोलीले हिजो साँझ प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेको थियो ।

निर्वाचन आयोगको टोलीको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनको मिति तोक्ने जनाइएको छ । सरकारले आयोगको प्रस्तावमा निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान रहेको छ ।


Published :२१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media