अर्थमन्त्री शर्मा बर्खास्तीको माग गर्दै युवा संघको प्रदर्शन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । बजेट निर्माणका बेला मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका मन्त्री शर्मालाई हटाउन माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? जुगाँ कालो मन, देश डुबाउने मै हो भन !’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सोमबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा मन्त्री शर्मामाथि लागेका आरोपहरुबारे छानबिन हुनुपर्ने माग राखेका थिए । अर्थमन्त्री शर्माले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेका छन् ।


Published :२१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media