युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी कुराकानी   

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिएका छन् ।

उनले मङ्गलबार ट्वीट गर्दै आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

त्यस वार्ताका क्रममा आफूले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिएको पनि बताएका थिए । बेलायत सरकारले हालैमात्र गरेको एक निर्णयमा युक्रेनलाई १.२ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सहयोग गर्ने निर्णय गरेको थियो ।

त्यसैका लागि आफूले बेलायत सरकारलाई धन्यवाद दिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिएका हुन् । सो वार्तामा उनीहरुका बीचमा विश्वमा देखा परिरहेको खाद्यान्नको अभाव र युक्रेनका लागि आवश्यक सहयोगका विषयमा पनि कुराकानी भएको थियो ।

साथै आगामी वर्ष बेलायतले युक्रेनको पुनर्निर्माणसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । त्यसका लागि पनि आफूले बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको राष्ट्रपति जेलिन्स्किीले जानकारी दिएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media