एकै दिन थपिए ११३ कोरोना संक्रमित, दुईजनामा ओमिक्रोनको बीए फाइभ भेरियन्ट    

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जना संक्रमित थपिएका हुन् ।

जसमध्‍ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

यसैगरी नेपालमा दुई जनामा कोरोना भाइरसको बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । बीए.५ ओमिक्रोन भेरियन्टको सब भेरियन्ट हो ।

मन्त्रालयका अनुसार हरेक दुई हप्तामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङको व्यवस्था गरिएको छ । मंगलबार प्राप्त ३२ वटा नमुनाको नतिजामा दुई जनामा बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको थियो ।

बाँकी २८ वटामा बीए.२ र दुईवटा बीए.१ सब भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयले बीए.२ र बीए.१ सब भेरियन्टको फैलावटलाई विस्थापित गर्दै  बीए.५ सब भेरियन्ट सक्रिय बनेको जानकारी दिएको छ । यो सब भेरियन्ट अझ बढी सङ्क्रामक रहेको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ ।


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media