राष्ट्रपति भण्डारीद्वारा अर्थको जिम्मेवारीसमेत प्रधानमन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै तोकेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरेपछि उक्त मन्त्रालयको प्रधानमन्त्री जिम्मेवारी देउवाले नै सम्हालेका हुन् । बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media