घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्यले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९४ हजार १ सय रुपैयाँमा आइपुगेको छ ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :२३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media