काठमाडौंमा दुईजना थपिए हैजा संक्रमित, अब संक्रमितको संख्या २३

राष्ट्रपाटी न्युज

असार २३, २०७९

काठमाडौँ । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ। कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरूषमा हैजा भेटिएको उनले बताए। थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ।

उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरूषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ।

अहिलेसम्म तीन जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किसकेका छन् ।


Published :असार २३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media