गोली लागी घाइते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि पछाडिबाट गोली प्रहार भएको थियो ।
गोली लागेपछि भुइँमा लडेका उनलाई हृदयघात समेत भएको थियो । नारा युनिभर्सिटीको अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो ।
६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका नेता हुन् । आबे सन् २००६–०७ मा जापानका प्रधानमन्त्री थिए । शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोगका कारण २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । शिन्जो आबे लगातार ७ वर्ष ६ महिना प्रधानमन्त्री थिए । यसअघि यो कीर्तिमान उनकै काका इसाकु साइतोको नाममा थियो ।


Published :२४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media