प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता

काठमाडौं । २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठक गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे ।

४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ भन्ने प्रश्न गरेका थिए ।

सोको जवाफमा गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको जानकारी गराए । त्यसपछि सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गर्‍यो ।


Published :२४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media