नागरिकता विधेयक फिर्ता लिएर सरकारले भ्रुणहत्या गरेको शेरबहादुर तामाङको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिएर सरकारले भ्रूणहत्या गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाँणको उक्त प्रस्तावलाई भ्रूणहत्याको संज्ञा दिए ।

उनले भने- ‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूणहत्या भयो ।’ पूर्वमन्त्री तामाङले भने, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’

नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गरेका उनले  तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्ता लिन नहुनेमा जोड दिए । विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उनले नमिलेका कुनै विषयमा पछि अर्को विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राखे ।


Published :२४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media