काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । जसमध्ये ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइसोलेसन र ७ जना आईसीयूमा छन् ।
यस्तै एकजनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।