१ सय २१ जना थपिए कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय पिसिआर परीक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको भनाई छ । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Published :२६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media