सरकारले फेरि बढायो गाडीभाडा

काठमाडौं । सरकारले आज (सोमबार) देखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर फेरि  बढाएको छ ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलब ७९ प्रतिशतले भाडा बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर बढेको छ ।

 


Published :२७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media