सेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । सेयर बजारमा मंगलबार झिनो सुधार भएको छ । ११.६८ अंकले बढेको बजार १९२७.२८ बिन्दुमा पुगेर रोकिएको छ ।

कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भयो । यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकममा समेत सोमबारको तुलनामा केही वृद्धि देखिएको छ । मंगलबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.३५ प्रतिशतले बढेर २३४ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, यूनाइटेड इन्स्योरेन्स, सनराइज फस्ट म्यूचअल फण्ड, अरुण काबेली पावरसहितका कम्पनीको मूल्य धेरैले बढेको छ ।

मंगलबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था, आरबीबी म्यूचअल फण्ड, नविल इक्विटी फण्डलगायतको मूल्य भने धेरैले घटेको छ । अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भयो ।


Published :२८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media