राष्ट्रपति भण्डारी र चिनियाँ विदेश विभाग प्रमुख लिउबीच शिष्टाचार भेट  

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका  चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ बिच शिष्टाचार भेटको भएको हो । लिउ केही दिनदेखि नेपाल भ्रमणमा रहेका छन् ।

लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगाएतका शिर्ष नेताहरुसंग यसअघि नै भेट गरेका छन् ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media