श्रीलंकामा आपतकाल घोषणा

कोलम्बो । श्रीलंकामा देशव्यापी आपतकाल घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टापछि सम्भावित हिंसाबीच संकटकाल घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ ।

यसैबीच, प्रधानमन्त्रीले हिंसात्मक कार्य गर्नेलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षेसँगै प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्न खोज्ने भीड तितरबितर पार्न सुरक्षा बलहरूले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन् । (एजेन्सी)


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media