आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल हुने भएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची राखिएको छ ।

बुधबारको संसद बैठकमा नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिए विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media