एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल भइरहेको छ । उनका अनुसार यस विषयमा अरु दलसँग पनि कुराकानी भइरहेको छ ।

उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ । त्यसका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने तयारी गरिएको छ ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media