२६० जना थपिए कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात एकैदिन २६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जना संक्रमित थपिएका हुन् ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

बुधबार २०६ जनामा संक्रमण पुष्टि भएको थियो । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण भएको हो ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media