अमेरिकाद्वारा नेपाललाई १० लाख ८ हजार डोज खोप उपलब्ध

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन उपलब्ध गराएको छ ।

५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन १० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकाले हालसम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media