“सरकारको एक वर्ष समयको बर्बादी मात्र”

काठमाडौं । नेकपा एमालेले सरकारको एक वर्षको समय बर्बादी मात्र मात्र भएको बताएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको एकवर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले यस्तो टिप्पणी गरेको हो ।

एमालेले सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनबारे आलोचना गर्दै सरकारको एक वर्ष समयको बर्बादीमा मात्र गरेको जिकिर गरेको छ ।

संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ ।

एमाले सचिव योगेश भट्टराईले भनेका छन्- ‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउटुप्पो नै फेला पार्न समेत सकेको छैन।’


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media