श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंहेद्वारा कार्यवाहक राष्ट्रपतिको सपथ

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहक राष्ट्रपतिको सपथ लिएका छन् ।

आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपाक्षले बिहीबार राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् ।

उनले प्रधानन्यायाधीश जयन्थ जयसुरियासामु सपथ लिएका हुन् । राजपाक्षेले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेका थिए ।

संविधानअनुसार विक्रमसिंहेले अबको केही समयसम्म कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी बहन गर्नेछन् भने शनिबारबाट सुरू हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरू गर्ने बताइएको छ ।


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media