अपर हेवाखोला हाइड्रोको आइपीओ बाँडफाँट

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) आज बाँडफाँट भएको छ ।

सो कम्पनीको सेयरमा आवेदन गरेकामध्ये १ लाख ३९ हजार ५०० जनाले १० कित्ताका दरले आइपीओ पाएका छन् भने १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ ।

कम्पनीले असार २४ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुलाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित १५ लाख कित्ता आइपीओमा आवेदन खुलाइएको थियो । जसमध्ये ३० हजार कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।

उक्त आइपीओमा १४ लाख ५५ हजार ३८४ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८११ जनाको आवेदन रद्ध भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।


Published :३२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media