Close Menu
    आजका समाचार

    बाढीपीडितको पुनर्वासका लागि सरकारले कुनै योजना नल्याउनु दुर्भाग्यपूर्णः थापा

    मंसिर ६ २०८३, आइतवार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार

    नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी

    मंसिर ६ २०८३, आइतवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • बाढीपीडितको पुनर्वासका लागि सरकारले कुनै योजना नल्याउनु दुर्भाग्यपूर्णः थापा
    • बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा
    • नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी
    • प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना
    • एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
    • नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग
    • प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने
    • प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»स्थानीय समाचार»बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा
    स्थानीय समाचार मंसिर ६ २०८३, आइतवार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    Santosh LuitelBy Santosh Luitelमंसिर ६ २०८३, आइतवारNo Comments0 Views
    Clock मंसिर ६ २०८३, आइतवार

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा बुढानीलकण्ठ नगरपालिका–१ का पूर्व वडा अध्यक्षका उम्मेदवार बाबुराम लामाले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्।

    लामाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको सक्रिय राजनीति र साधारण सदस्यतासमेत त्यागेको जानकारी दिएका हुन्।

    वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि नै नेपाली कांग्रेसको विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। २०४८ सालमा पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेपछि संगठन सुदृढीकरणमा निरन्तर सक्रिय रहेको र २०४९ तथा २०५४ सालका स्थानीय निकाय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अग्रणी भूमिका खेलेको उनको भनाइ छ।

    त्यस्तै, २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानीलकण्ठ नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदको उम्मेदवार बनेर पार्टी र जनताको सेवामा समर्पित भएको उनले स्मरण गरेका छन्।

    पछिल्लो समय पार्टीभित्र व्यक्तिगत स्वार्थ, सत्ता र कुर्सीप्रतिको मोह तथा गुटगत खिचातानीका कारण संगठन कमजोर बन्दै गएको लामाको आरोप छ। पार्टीको आन्तरिक लोकतन्त्र र पद्धतिमा सुधारका लागि पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको उनले उल्लेख गरेका छन्।

    केन्द्रीय तहदेखि नै पार्टी विभाजनको अवस्थामा पुग्नु र नेतृत्वले जनचाहनाअनुसार सुशासन तथा सुदृढ व्यवस्था कायम गर्न नसक्नु दुःखद भएको उनको भनाइ छ।

    ‘अब यस पार्टीभित्र रहेर जनताको वास्तविक सेवा गर्न र जनअपेक्षा पूरा गर्न नसकिने निष्कर्षमा पुगेको छु,’ विज्ञप्तिमा उनले भनेका छन्।

    पार्टीको पद र दलीय आबद्धताबाट स्वतन्त्र भए पनि बुढानीलकण्ठ नगरपालिका–१ का स्थानीय बासिन्दाको सुख–दुःख, विकास निर्माण र सामाजिक कार्यमा आफ्नो साथ, सहयोग र अग्रणी भूमिका सधैँ रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

    लामाले आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने नेता, कार्यकर्ता, शुभेच्छुक तथा वडावासी आमाबुबा, दाजुभाइ र दिदीबहिनीप्रति आभारसमेत व्यक्त गरेका छन्।

    Santosh Luitel
    • Website

    सम्बन्धित समाचार

    बूढानीलकण्ठमा नेपाल सम्बत् ११४७ को भव्य स्वागत !

    कार्तिक २६ २०८३, बिहिबार

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार

    तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान हुँदै

    साउन ८ २०८३, शनिबार

    काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड

    असार ४ २०८३, शुक्रबार

    प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने साउद पक्राउ

    कार्तिक २२ २०८२, आइतवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    राजनीति

    बाढीपीडितको पुनर्वासका लागि सरकारले कुनै योजना नल्याउनु दुर्भाग्यपूर्णः थापा

    By Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवार0

    नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको भनाइ र गराइमा फरक देखिएको बताएका छन्।…

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार

    नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

    मंसिर ६ २०८३, आइतवार

    एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

    मंसिर ६ २०८३, आइतवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.