थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि, एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

१ श्रावण २०७९

काठमाडौं । नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परिक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै थप ५९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १६ जना निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Published :१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media