उपसभामुख भुसालद्वारा शपथ ग्रहण

राष्ट्रपाटी न्युज

१ श्रावण २०७९

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

आज शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थिति  थियो ।


Published :१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media