पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात एकै दिन  साढे चार सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जना संक्रमित थपिएका हुन् । यसैबीच कोभिड संक्रमणका कारण एकजनाको ज्यान पनि गएको छ । हाल नेपालमा १७ सय ७६ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media