प्रचण्डको अपरिपक्व व्यवहारबाट मोदीले भेट नदिएको टिप्पणी

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीको ठूलो हिस्सा एमालेमा फर्किन लागेको दाबी गरेका छन् । सोमबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले ठूलो हिस्सा एमालेमा फर्किएपछि माधवकुमार नेपाल पनि एमालेबाहेक अन्यत्र जाने ठाउँ दाबी गरे ।

उनले माओवादीमा प्रवेश गरे पनि अलग्गै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो हुने बताए । त्यसैगरी माओवादी केन्द्रका पनि केही नेताहरुसँग पार्टी प्रवेशको विषयमा कुराकानी भइरहेको उनले बताए ।

उपाध्यक्ष पाण्डेले भारत भ्रमणको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपरिपक्व व्यवहार देखाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसकेको टिप्पणी गरे । ‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो’ उनले भने, ‘मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’

उनले यो घटनाबाट नेपालको राजनीतिमा बाहिरी शक्तिको प्रभाव रहेको पुष्टि हुने बताए । प्रचण्डले यस्तो बोल्नु उनको अपरिपक्व सोच रहेको उपाध्यक्ष पाण्डेले बताए ।

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छातामुनि रहनुपर्छ भन्ने अपरिपक्व सोच रहेको टिप्पणी गरे ।

‘शेरबहादुरजीको अर्काे अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ’ उनले भने, ‘यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media