कांग्रेसले भदौदेखि चुनावलक्षित विशेष अभियान चलाउने

राष्ट्रपाटी न्युज

३ श्रावण २०७९

काठमाडौं । नेपाली कांग्रेसले भदौदेखि चुनावलक्षित विशेष अभियान चलाउने भएको छ ।

सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । यो अभियानको विस्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।

गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।


Published :३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media