थप ३५७ जनामा कोरोना संक्रमण, ६२ जना मुक्त

राष्ट्रपाटी न्युज

३ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जना संक्रमित थपिएका हुन् ।

१ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ । अघिल्लो दिन (सोमबार) ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एकजनाको मृत्यु भएको थियो ।


Published :३ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media