विदेशमा बसेका नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चितः प्रमुख निर्वाचन आयुक्त

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउनै पर्ने अधिकारको सुनिश्चितता गरेको बताएका छन् । गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले यस्तो बताएका हुन् ।

आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरेको उनले बताए । एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए ।

सो भेटमा आयुक्त थपलियाले निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताए ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media