३९१ जना थपिए कोरोना संक्रमित, ४६ जना मुक्त

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या दुई हजार २७६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन ।

सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २१ जना आईसीयूमा छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ११ हजार ९५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media