करको दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न छैनः पूर्वअर्थमन्त्री शर्मा

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौँ । संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज बयान लिएको छ । सिंहदरबारमा लिइएको बयानका क्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरेका छन् ।
नियम, कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बताउँदै शर्माले कुनै व्यक्तिको विवेक अनुसार करको दर तलमाथि नभएको दावी गरेका छन् ।
करको दर हेरफेरले बाहिर आए जस्तो नेपाली उद्योग नै बन्द हुने अवस्था नभएको दावी गर्दै शर्माले नयाँ बजेट उत्पादन, रोजगारी र आत्मनिर्भर तिर जाने किसिमको भएको बताएका छन् ।
बयानका क्रममा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् ।
बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई समावेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसद्ले संसदीय विशेष समिति गठन गरिएको थियो । समिति गठन गरिएपछि शर्माले अर्थमन्त्री शर्माबाट राजीनामा दिएका थिए ।
संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।
यसअघि, गत मङ्गलवार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ । अर्थमन्त्रालयले उपलव्ध गराएको हार्डडिक्समा बजेट निर्माणका बेलाको डाटा नभेटाएपछि फुटेज रिकर्भर गर्न नेपाल प्रहरीको ल्यावलाई दिएको बताइएको छ ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media