पहिरोले दुई सडक अवरुद्ध

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौं । काठमाडौंको तारकेश्रर नगरपालिका-३ को सडकमा गए राति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यस्तै लमजुङको बेशीशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे-बेसिशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यो सडकमा दैनिकजसो पहिरो र लेदो आएर बाटो बगाउदा आवत जावत गर्ने सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन् ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media