प्रदेश सरकारको आवश्यकता नभएको कमल थापाको तर्क

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।

बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नभएको जिकिर गरे । पार्टीद्वारा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताए ।

अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरुबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने धारणा राखे । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गरे ।

अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि अव समानुपातिक निर्वाचन प्रणालीमा जान उपयुक्त हुने तर्क अध्यक्ष थापाको थियो ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media