श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

राष्ट्रपाटी न्युज

६ श्रावण २०७९

काठमाडौँ । श्रीलङ्काको प्रधानमन्त्री दिनेश गुणवर्दना भएका छन् । ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रधानमन्त्रीमा नियुक्त गर्नुका साथै शपथ ग्रहण समेत गराएका छन् ।

उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बनेका छन् । गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन् ।

गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए । उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन् ।


Published :६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media