थप ४५६ जनामा कोरोना संक्रमण

राष्ट्रपाटी न्युज

६ श्रावण २०७९

काठमाडौँ । नेपालमा  पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जना संक्रमित थपिएका हुन् ।

दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।


Published :६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media