देशका केही स्थानमा भारी वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेको उल्लेख गरेको छ । महाशाखाले जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको र देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

आज दिउँसो देशको केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media