आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ ।
कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media