पार्टीमा सबैलाई एकै ठाउँमा हिँडाउने प्रयासमा छुः रामचन्द्र पौडेल

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने बताएका छन् । तनहुँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले सबैलाई एकै ठाउँमा हिँडाउने प्रयासमा आफू रहेको बताए ।

उनले भने, ‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु ।,’ पौडेलले अगाडि भने, ‘राजनीतिमा स्याथी शत्रु र स्थायी मित्र भन्ने हुँदैन ।’

उनले आफूले विकास मिसनको राजनीति गरेको बताए । देश विकासको मुख्य एजेन्डा लिएर आफूले राजनीति गर्दै आएको उनको भनाइ छ।

‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन । देश विकास नै मुख्य स्वार्थ हो,’ उनले भने, ‘राष्ट्रका लागि सधैंभर लागिरहन्छु ।’


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media