मनास्लु वर्ल्ड कलेजको विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौं। छोटो समयमा नै चर्चा कमाउन सफल राजधानीको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७८ को वार्षिक परिक्षामा सर्वोत्कृष्ट अकं ल्याई उत्तिर्ण भएका कक्षा ११ का विभिन्न संकायका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

उक्त सम्मान कार्यक्रममा उक्त कलेजमा कक्षा ११ व्यवस्थापन संकायकी फारिन बानु सर्वोकृष्ट अकं ल्याएर कलेज टपर हुन सफल भएकि छिन त्यसैगरी यसै संकायका आकृति खापुङ लिम्बु द्धित्तिय र विज्ञान संकायका निकेश कपाली कलेज तृतीय भएका छन् ।

उत्कृष्ट अकं ल्याएर कलेज टप गरेका विद्यार्थीहरुलाई यसै कलेजका अध्यक्ष गेन्द्र लामा तथा प्रिन्सिपल राजन श्रेष्ठले अवार्ड तथा ट्रफि वितरण गरेका थिए ।

कलेज टप गरेकी फारिन बानुले नगद पुरस्कार र सत प्रतिशत छात्रवृत्ति गरी जम्मा रु १ लाख बराबरको पुरस्कार पनि प्राप्त गरेकि छिन भने अन्य टपर्स विद्यार्थीहरुलाई पनि कलेजले छात्रवृत्ति प्रदान गरेको छ ।

आफ्नो स्थापनाको तेस्रो वर्षमानै काठमाण्डौंमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको मनास्लु वर्ल्ड कलेजले नियमित पठन पाठन संगै विद्यार्थी हरुको नेतृत्व र व्यक्तित्व विकासलाई निकै प्राथमिकतामा राखेको छ।


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media