कांग्रेसको पूरै वडा कमिटी एमाले प्रवेश

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

 भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेसको सिंगो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । आज सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पूरै कमिटी एमाले प्रवेश गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ । कार्यक्रममा कांग्रेसका सूर्यबिनायक ६ का वडासभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज सोम मिश्रसहितका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

आज नेकपा एमालेमा प्रवेश गर्नेहरुको नामावली:

१.विवेक पौडेल-विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य
२.हिमान्चल कार्की-नेकपा माले भक्तपुर जिल्ला सचिव
३.राजेन्द्र त्वाती-नेपाली कांग्रेश वडा सभापति सू.न.पा वडा नं -६
४.अनिल बके-नेपाली कांग्रेश वडा सचिव सू.न.पा वडा नं -६
५.राजेश सिलाकार-नेपाली कांग्रेस वडा सहसचिव सू.न.पा वडा नं -६
६.निराजन सुवाल-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू.न.पा वडा नं -६
७.सरोज बके-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू.न.पा वडा नं -६
८.प्रकाश घिसिङ -ने .का. क्रियाशिल सदस्य
९.सुजन बके( ने.का. क्रियाशिल सदस्य
१०.सुजन सुकुभुटु-ने. का. क्रियाशिल सदस्य
११.ई.कुसल सुवाल-ने.का.क्रियाशिल सदस्य
१२.शिव श्रेष्ठ -ने.का. क्रियाशिल सदस्य
१३.दिपक श्रेष्ठ -ने.का.क्रियाशिल सदस्य
१४.सागर सुवाल -ने.का. क्रियाशिल सदस्य
१५.बावुराम श्रेष्ठ-ने.का. क्रियाशिल सदसय

 


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media