सुन्दरीजलमा बेपत्ता किशोरको शव फेला

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव फेला परेको हो । शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न जाँदा लडेका थिए ।

खोलामा हराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरेको थियो । प्रधानसहित ७ जना घुम्न शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा गएका थिए ।

 


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media