घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार ४०० रुपैयाँमा झरेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एकसय रुपैयाँले नै घट्दै ९३ हजार ९०० रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media