आइपिओ खुल्यो मन्दाकिनी हाइड्रोको

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपिओको बिक्री खुला भएको छ ।

९ साउन सोमबारदेखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) विक्री खुला भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणका लागि निष्कासन खुला गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्कासन गरेको छ । निष्कासन गरेको कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media