आमाको नामबाट नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्छः खिमलाल देवकोटा

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले यस्तो बताएका हुन् । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरे । त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उनले बताए ।

उनले भने, ‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ । यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ, जस्तो लोभ, लालच देखाएर वा धम्क्याएर, नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जाहेर गर्नुपर्छ । अनुमान गर्नुपर्छ । बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ । स्वघोषणा गर्नुपर्ने विषय महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान गरियो भन्ने मेरो ठम्याइ छ ।’


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media