आगामी महिनाहरुमा मूल्यवृद्धि झनै तीव्रगतिमा बढ्ने राष्ट्र बैंकको प्रक्षेपण

राष्ट्रपाटी न्युज

९ श्रावण २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी महिनाहरूमा मूल्यवृद्धि अझ तीव्रगतिमा बढ्ने बैंकले गरेको एक सर्वेक्षणले देखाएको छ ।

सो सर्वेक्षणअनुसार आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने र एक वर्षमा १३.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको मूल्यवृद्धि अनुमान सर्वेक्षणले यस्तो देखाएको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२० सम्म) २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्तामार्फत् सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू १ हजार १ सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ ।


Published :९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media